टोलका सवै माग नगर परिषदमा लग्छु ः उपमहानगर प्रमुख चौधरी



सैघाली खवर

दाङ, २३ साउन २३ । घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित एकान्त टोल बिकास संस्थाले आफ्नो टोलमा गर्नुपर्ने बिभिन्न मागहरु समेटेर आज सोमवार उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

एकान्त टोल बिकास संस्थाका अध्यक्ष शंकर गौतम नेतृत्वको टोलीले घोराही उपमहानगरपालिकका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने र १५ नम्वर वडाध्यक्ष रमेशकुमार पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा टोल बिकास अन्र्तगत रहेका सवै सडकमा पक्की नाला सहित सडकको स्तरबृद्धि गरी कालोपत्र गर्ने, रानी जरुवामा किरियापुत्री भवन बनाउनु पर्ने, विद्युत पोल अपुग भएका स्थानमा विद्युत पोल र त्यसमा लाग्ने तार उपलब्ध गराउनु पर्ने, सडकबत्तीको ब्यवस्थापन गर्नुपर्ने, तल्लो ट्राफिक टोल र एकान्त टोल जोड्ने ज्योतिपूञ्ज पूर्वको कुलोमा पक्की कल्र्भट सहित सडक कालोपत्रे गर्नु पर्ने लगायतका माग समेटिएको एकान्त टोल बिकास संस्थाका सचिव हेमराज शर्माले जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझ्दै घोराही उपमहागरपालिकाका प्रमुख नरुलाल चौधरीले टोल बिकास संस्थाले ल्याएका माग आसन्न नगर परिषदमा बजेट बिनियोजन गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

उपप्रमुख सीता न्यौपानेले टोलबिकास संस्थाले उठाएका मागलाई सम्वोधन गर्नेगरी आफूले काम गर्ने बताउनुभयो ।
१५ नम्वर वडाका वडाध्यक्ष रमेशकुमार पाण्डेले टोलगतरुपमा आएका मागलाई आफूले नगर परिषद मार्फत कार्यान्वयनमा लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

टोलका अध्यक्ष शंकर गौतमको नेतृत्वमा सचिव हेमराज शर्मा, कोषाध्यक्ष शरदकुमार आचार्य, सदस्य हेमराज अधिकारी, शिशिर अधिकारी सहितको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्