ए डिभिजन लिगको दोस्रो स्थानका लागि संकटा र थ्रीस्टार भिड्दै



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानका लागि अहिले संकटा र थ्रीस्टारबीच प्रतिस्पर्धा भइरहेको छ । एन्फा मैदान सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिँदा थ्रीस्टारले एक(एक गोलको बराबरी खेलेको छ ।

खेलको सुरुवातदेखि नै संकटाविरुद्ध आक्रामक रुपमा उत्रिएको थ्रीस्टारले चौथो मिनेटमा पाएको मौकालाई सदुपयोग गर्न सकेन । १७ औं मिनेटमा संकटाका अमित तामाङको प्रहार पोष्टको नजिकैबाट बाहिरियो ।

२३ औं मिनेटमा थ्रीस्टारका सुनिल बलको प्रहार संकटाका डिफेन्डरले बचाए । त्यसपछि २७ औं मिनेटमा संकटाले दोस्रो मौका पाएको थियो, तर उसका इलोनको प्रहारले सही दिशा लिन सकेन ।

३० औं मिनेटमा थ्रीस्टारले गोलको खडेरी तोड्यो । उसका रञ्जन विष्टले उत्कृष्ट गोल गर्न सफल भए । ४२ औं मिनेटमा संकटाले पेनाल्टीको अवसर पायो । सुनिल बलले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई अमित तामाङले गोलमा परिणत गरे ।

त्यस्तै सशस्त्र प्रहरीको मैदान हलचोकमा जारी खेलमा लिगमा अपराजित एक्लो टिम मनाङले पहिलो हाफमा हिमालयन शेर्पासँग पनि एक एकको बराबरी खेलेको छ । बारम्बार गोलको प्रयास गरेपनि मनाङले ३६ औं मिनेटमा पुगेर अग्रता बनायो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्