जहाँ बिहे अगाडि नै केटा-केटीले सुहागरात मनाउने मौका पाउँदछन्



यो समाचारको शीर्षक पढ्दैमा अनौठो लाग्छ । किनकी हाम्रो समाजमा यस्तो कार्यको अनुमति छैन । बिहे अगाडि केटाकेटीबीचको सहवासलाई समाजले स्विकार्दैन ।
तर भारतको एक समुदायमा चाहीँ बिहे अगाडि नै केटा-केटीले सुहागरात मनाउने गर्दछन । छत्तिसगढको बस्तरमा बस्ने गोँड नामक आदिवासी समुदायमा बिहे अगाडि नै हनिमुन मनाउने अनुमति दिईन्छ ।


घोटुल नामक यो परम्पराको मुख्य उद्धेश्य किशोर किशोरीहरुलाई प्रशिक्षित गर्नु हो । यसका माध्यमबाट घर गृहस्थी तथा अन्य जिम्मेवारीहरुको बारेमा विवाह हुने क्रममा रहेका केटा केटीहरु दीक्षित हुन्छन् भन्ने मान्यता छ ।
यो परम्परा यस समुदायको लिंगोदेव नामक देवताले सुरु गरेको जनविश्वास छ । उनलाई लिंगोपेन भनिन्थ्यो ।
यो जनजाति समुदाय छत्तिसगढदेखि झारखण्ड सम्मको जंगली इलाकामा बस्दछ । घर गृहस्थी तथा वैवाहिक जिवनपछिका जिम्मेवारीका विषयमा शिक्षा लिन बिहे अगाडि नै हनिमुन मनाउने युवकलाई चेलिक र युवतीलाई मटियार भनिन्छ ।
गाउँको मुख्य वस्तीबाहिर झुपडीहरु बनाइएको हुन्छ । त्यहाँ बालबच्चालाई शिक्षा पनि दिइन्छ । तिनै झुप्रामा अविवाहित केटा केटीहरुले हनिमुन मनाउँदछन् ।


यसरी सुहागरात मनाउने चेलिक र मटियारको छनोट गर्ने परम्परा अझै अनौठो छ । किशोरावस्थामा पुगेको केटालाई चेलिकको रुपमा सुहागरात पठाउने तयारी गरिन्छ । त्यसपछि किशोरलाई बाँसको डोको बुन्ने काम दिइन्छ । जुन किशोरले सबैभन्दा राम्रो र कलात्मक डोको बुन्छ उसलाई सबैभन्दा सुन्दरी केटीसँग हनिमुन मनाउने मौका दिइन्छ ।भारतमा बलात्कारका घटना बढिरहँदा त्यस समुदायमा भने बलात्कारका घटना शुन्य भएको बताइन्छ । उक्त समुदायमा रहेको यस्तो खुल्ला यौन परम्पराले बलात्कारलाई निरुत्साहित गरेको बताइन्छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्