२० वर्षको उमेरमा २० हजार करोड सम्पत्तिका मालिक



तपाईको उमेर २० वर्षको हुँदा २० हजार करोड सम्पत्तिको मालिक हुनुभयो भने के गर्नुहुन्छ ? महलमा राजकुमारको रुपमा आलीशान जिन्दगी विताउन हुन्छ होला त्यति भए त के चाहियो र !

भारत जयपुरका ‘राजा’ पद्मनाभ सिंहको जीवनशैली देखेर शायद तपाईलाई यसको झलक प्राप्त हुन्छ । राजकुमारी दिया कुमारी तथा नरेन्द्र सिंहका छोरा पद्मनाभ जयपुरका सबैभन्दा युवा राजकुमार हुन् ।

पद्मनाभ मोडल, पोलो प्लेयर तथा ट्राभलर हुन् । उनी घुम्नका लागि सबैभन्दा धेरै खर्च गर्छन् ।

मायाले मानिस उनलाई पाचो बोलाउँछन् । उनी जयपुरको शाही परिवारका ३०३ औं वंशज हुन् ।

हजुरबुवा सवाईमान सिंह जी बहादुरको मृत्युपछि ४ वर्षको उमेरमा नै राजा बनेका थिए । यसपछि पाचोले जयपुरका महाराजा सवाई पद्मनाभ सिंह उपनाम अपनाए ।

आलीशान जीवनशैलीका अलाव पद्मनाभको शैक्षिक पृष्ठभूमि पनि राम्रो छ । उनले मजमेरको मेयो कलेजमा पढेका थिए जसलाई भारतमा इटान भनिन्छ । यसपछि उनले न्यूयोर्क विश्वविद्यालयबाट डिग्री हासिल गरेका थिए ।

उनले इटलीमा गएरपनि अध्ययन गरे । यसका अलावा पद्मनाभ भारतीय ओपन पोलो कपका सबैभन्दा युवा विजेता तथा विश्वकप पोलो टीमका पनि सबैभन्दा युवा सदस्य हुन् ।

उनले कयौं चर्चित फेसन ब्राण्डका लागि र्यापवाक गरेका छन् ।

राम निवास महलमा उनको निजी आलिशान अपार्टमेन्ट पनि छ । यस महलमा उनका हजुरबुबा बस्थे ।

२०११ मा उनको परिवारको कुल सम्पत्ति ६ सय २१ दशमलव ८ मिलियन अर्थात ४३ अर्ब ५७ करोड ८८ लाख थियो जो अहिले ४८ अर्ब ७९ करोड ६८ लाख भन्दा धेरै भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्