राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर



शुक्रबार कुवेती दिनारको भाउ बढेको छ भने मलेसियन रिंगिटको भाउ घटेको छ । रियाल, दिर्हाम र बहराईन दिनारको भाउ थोरै घटबढ मात्र भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०२ पैसा तोकेको छ । बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०१ पैसा थियो ।

शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा तोकिएको छ । बिहीबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा थियो  ।

शुक्रबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा, कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ २३ पैसा तोकिएको छ । बिहीबार कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७० रुपैयाँ ८८ पैसा तोकिएको थियो ।

बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ ११ पैसा र बिक्रीदर २९८ रुपैयाँ ७१ पैसा तोकिएको छ । हिजो बिहीबार बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २९८ रुपैयाँ ६२ पैसा तोकिएको थियो ।

त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको छ । हिजो बिहीबार कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा थियो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्