वन्यजन्तुको चोरीशिकारी नियन्त्रण गर्न सरोकारवाला चिन्तित



शिबराज पन्थी,
गढवा । शुक्रवार गढवामा आयोजिक एक कार्यक्रममा उपस्थित सरोकारवालाहरुले वन वातावरण र जैविक विविधताको संरक्षण गर्न वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्नुपर्ने बिषयमा चिन्तित भएका छन् । वन तथा वातावरण संरक्षण समन्वय समितीको आयोजनामा गढवामा भएको वन्यजन्तु चोरी शिकारी तथा यसको अबैध ब्यापारको संबेदनशिलता सम्वन्धी अन्तरक्रियामा बोल्ने अधिकांशले यस्तो चिन्ता प्रकट गरेका हुन् ।

चोरी गर्ने गिरोहको सुराकी पाएपछि गतबर्ष वन रक्षक सहित वनमा गस्ति गयौं। राष्ट्रिय वनक्षेत्रमा चोरहरुले रुख काटिरहेका थिए । जिल्ला वनमा सुचना दियौं, फायर गरेर तर्साउने आदेश आयो तर राइफल नै पड्किएन । उल्टै ज्यान जोगाएर फर्किन समस्या भयो–सवडिभिजन कार्यालय गढवाका शिबकुमार महतोले भन्नु भयो ।

अहिले चाहि नयाँ फड्कीने हतियार आएका छन् । चाहे जंगली जनावरको चोरी शिकारी होस वा काठको अबैध चोरी तष्करी, वनमा चोरी गर्ने गिरोहलाई पक्राउ गर्न निकै जोखिम छ ।

एनकेन चोर पक्राउ भै हाल्यो भनेपनि बिगो निकै कम्ती हुन्छ, न्यून धरौटिमा अदालतबाट चोरहरु छुट्छन् र फर्केपछि उनिहरु पेशेवर बनेर चोरी तष्करीमै लाग्छन् ।

अपराधीलाई कडा भन्दा कडा सजायँको ब्यवस्था नगर्दा सम्म वन क्षेत्रमा चोरी तष्करी न्यूनिकरण नहुने गढवा ६ का सामाजिक अगुवा विरबहादुर आलेले भन्नुभयो ।

सामुदायिक वन समुहहरुको घुम्ती बैठकले पनि केहि हदसम्म चोरी शिकारी र चोरी तष्करी न्यूनिकरण भएको बताउदै यसको थप न्यूनिकरण गर्न गोप्य गस्ति परिचालन आवश्यक रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय गढवाका प्रमुख पञ्चलाल गोलेले वन क्षेत्रमा हुने वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न नाका र खोलामा बस्ने ब्यक्तिहरुले राख्ने गरेका हतियार नियन्त्रण गर्न प्रहरी प्रशासनलाई गोप्य सुचना भएमा पुर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

नेपालको जंगलमा बन्दुक पड्काएर वन्यजन्तु भगाइने गरिएको छ, भारतको सैलहवा राष्ट्रिय निकुञ्जमा नेपालका वन्यजन्तुहरुले शरण लिन पुगेका छन् ।

यिनको संरक्षण गर्न वन वातावरण र जैविक विविधताको संरक्षण जरुरी छ । स्थानीय सरकार, वन कार्यालय, प्रहरी प्रशासन, सामुदायिक वन समुहहरु र चोरी शिकारी नियन्त्रण दलहरु लगायत सबै सरोकारवालाहरु विच समन्वय र सहकार्य भएमा मात्रै अबैध चोरी तष्करी र चोरी शिकारी नियन्त्रण हुने संरक्षणका अभियन्ता उमाकान्त पन्तले बताउनु भयो ।

वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षता र देउखुरी सबडिभिजन कार्यालयका प्रमुख शंकर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सामुदायिक वन समुहका पदाधिकारी, उद्योग बाणिज्य संघ,चोरी शिकारी नियन्त्रण दलका प्रतिनिधी, तराइ भू–परिधि कार्यक्रमका प्रतिनिधी, स्थानीय सरकार, प्रहरी प्रशासन, वन कार्यालयका प्रमुख तथा प्रतिनिधी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाका प्रमुख पञ्चलाल गोले, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, सव डिभिजन कार्यालय गढवाका प्रमुख शिबकुमार महतो, गोवरडिहा सव डिभिजन कार्यालयका प्रमुख अलंकार ढुंगाना, गढवा गाउँपालिकाका वन वातावरण फोकल पर्सन कैलाश चौधरी, पत्रकार दुखहरण यादव, वन महासंघका मोहनलाल चौधरी र सामुदायिक वनका अगुवा विरबहादुर आले लगायतले बोल्नु भएको थियो ।

तराई भू–परिधी कार्यक्रम तालका प्रतिनिधी लक्ष्मी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन ओभा पाठकले गर्नु भएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्