पूर्वराष्ट्रपति यादव डाक्टरी पेशामा फर्किने संकेत



काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले फेरि चिकित्सकीय सेवामा फर्कने संकेत देखाएका छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकिय सेवामा फर्कने संकेत देखाएका हुन् ।

सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको उनको भनाई थियो । पुर्व राष्ट्रपति यादव राजनीतिमा आउनु भन्दा पहिले बीपी कोइरालाको निजी चिकित्सक पनि थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्