भारतमा एउटा अनौठो घटना भएको छ । भारतको जयपुरको ज्याकब रोडमा एउटा घोडा बिच्किएर भाग्दा नजिकै रहेको कारको अगाडि पट्टिको सिसा फुटाउँदै सिधै कारभित्र घुस्न पुग्छ ।
एक्कासी घोडा जोडसँग कारभित्र छिरेपछि कारभित्र रहेका ड्राइभर समेत आत्तिन्छन् ।कारभित्र छिरेको घोडालाई निकै मुस्किलले बाहिर निकालियो ।
घोडा र ड्राइभर दुर्बै सिसा बिजेर घाइते भएका छन् ।घोडा आत्तिएर त्यसो गरेको हुनसक्ने अड्कल गरिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।