राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर



हप्ताको दोस्रो दिन आज सोमबार विदेशी मुद्राको भाउ घटबढ भएको छैन । मलेसियन रिंगिट र दिनार आइतबार कै भाउमा साट्न सकिने छ ।

नेपाल राष्ट्र बैंकले सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा तोकेको छ । आइतबार पनि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा नै थियो ।

सोमबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ । आइतबारको तुलनामा कतारी रियाल एक पैसा बढेको छ । आज युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ छ ।

मलेसियन रिंगिट, कुवेती दिनार र बहराईन दिनारको मूल्य भने सोमबार घटबढ भएको छैन् । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रीदर २७ रुपैयाँ ०५ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

 बहराईन दिनार १ को खरिददर २९५ रुपैयाँ १२ पैसा र बिक्रीदर २९६ रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्