फोनिजले पत्रकारलाई पुरस्कृत गर्ने



सैघाली खबर
काठमाडौँ, साउन २५ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजले तीन जना अग्रज पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा प्रदान गर्ने ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकारहरू सञ्जय सन्तोषी राई, खिम घले र रमिता लामालाई प्रदान गरिने भएको हो ।

मोहनसिंह लामाको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको महासचिव गजुरधन राईले जानकारी दिनुभयो । पुरस्कृत राई धनकुटामा रहेर दुई दशकदेखि पत्रकारिता गरिरहनुभएको छ भने घले कान्तिपुर दैनिकमा आबद्ध हुनुहुन्छ । लामा रेडियो नेपालमा कार्यरत हुनुहुन्छ । पुरस्कार फोनिजको १८औँ स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने छ । पुरस्कारको राशि जनही २० हजार रुपियाँसहित सम्मानपत्र रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्