यो हो नाङ्गै खाना खाने रेष्टुरेन्ट…



 नाङ्गै बसेर खाना खान मन पराउनेहरुलाई लक्षित गरि फ्रान्समा खोलिएको न्युडिस्ट रेस्टुरेन्ट बन्द हुने भएको छ । फ्रान्सको पेरिसमा रहेको न्युडिस्ट रेस्टुरेन्ट (नांगै खाना खान पाउने रेस्टुरेन्ट) ओ’नेचुरल बन्द हुने भएको छ ।

आउँदो महिना रेस्टुरेन्ट बन्द हुने भएको हो । यो रेस्टुरेन्ट १५ महिनाअघि खुलेको थियो । सन् २०१७ मा रेस्टुरेन्ट खोल्ने बेला सहसंस्थापक स्टेफानु साडाले आफूहरुले लुगा बिहीन प्रेमी अर्थात नग्नता प्रेमीहरुका लागि ग्यास्ट्रोनोमी अर्थात पाक तथा खानपान कला उत्कृष्ट रुपमा प्रस्तुत गर्न चाहेको बताएका थिए ।

अहिले रेस्टुरेन्टले आफ्नो वेबसाइटमा बन्द गर्नु पर्ने बेला आएको उल्लेख गरेको छ । स्टेफानु र उनका जुम्ल्याहा भाइ तथा साथी व्यवसायी माइकले सेवाग्राही पर्याप्त नभएकाले बन्द गर्नु पर्ने अवस्थामा आएको उल्लेख गरेको द गार्जियनले जनाएको छ । यस्तै मौसम चिसो भएका कारण पनि रेस्टुरेन्ट बन्द हुन लागेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्