एशियाली पर्यटन महोत्सव हुँदै



काठमाडौं – प्रदेश, १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजार योग्य सम्पदालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।

माघ ११ देखि १५ गतेसम्म मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने महोत्सवमा नेपाल, भारत, भूटान लगायत मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताए ।

 

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, प्रदेश, १ सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसिज, ग्रीन जेनेरेशन, ट्राभल्स सङ्घ झापा लगायत संस्थाले सघाउने भएका छन् ।

महोत्सवमा ग्रामीण पर्यटनको विकासका लागि टुरिष्ट गाइडसम्बन्धी तालिम, गन्धर्व गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, लोकल परिकारको स्टल विशेष आकर्षणका रूपमा रहने कार्कीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्