अस्ट्रेलियामा फेरि अर्का नेपाली विद्यार्थीको मृत्यु



बिहिबार राति अस्ट्रेलियामा फेरि अर्का नेपाली विद्यार्थीको मृत्यु भएको छ ।चितवन घर भएका सुजन दाहालको गाडी रोकिराखेको ठूलो ट्रकमा ठोक्किँदा ज्यान गएको हो ।

न्यु साउथवेल्सको डब्बो क्षेत्रको टारीमा परिवारसहित बसोबास गर्दै आएका उनी ओलंघनबाट आउजाउ गर्ने गरेका थिए ।

बिहिबार राति पनि उनी काम सकेर टारी फर्कने क्रममा दुर्घटना परेको हुनसक्ने बताइएको छ ।गाडी दुर्घटनाकै क्रममा ओलंघन अस्पताल ल्याइएको उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

सुजन निकै सहयोगी र समाजिक कार्यमा समेत अग्रपंक्तिमा रहने मृदुभाषी ब्यक्ती रहेको बताइएको छ । यस अघि यसै साता मात्र दुई नेपाली विद्यार्थीको पानीमा डुबेर मृत्यु भउको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्