दाङमा फोटो पत्रकार संघ गठन हुने



 

सैघाली खबर
दाङ, २७ साउन


दाङमा फोटो पत्रकार संघ गठन हुने भएको छ । नेपाल पत्रकार महासंघ दाङको समन्वयमा आज शुक्रबार हुने भेलाले फोटो पत्रकार संघ गठन गर्ने भएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले आज शुक्रबार विहान साडे दश बजे नेपाल पत्रकार महासंघ दाङ शाखामा हुने भेलाले संघ गठन गर्ने जानकारी गराउनुभएको छ ।

एक विज्ञप्ती जारी गरी अध्यक्ष प्रियासनले भेलामा सहभागी हुन सबैमा आग्रह गर्नुभएको छ । भेलामा सहभागी हुन अध्यक्ष सविन प्रियासनले पत्रकार, फोटो पत्रकार, शुभ चिन्तक सबैमा सहभागी हुने आग्रह गर्नुभएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्