नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाने



सैघाली खबर

काठमाडौं,२७ साउन

एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाने भएको छ । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो । चौबीस सदस्यीय नेपाली टोलीको कप्तानीको भूमिका अनिल गुरुङले गर्नुहुनेछ । टोलीले जापानमा पाँच मैत्रीपूर्ण खेल खेल्नेछ । यही साउन २९ देखि आगामी भदौ ३ गतेसम्म नेपालले उमेर समूह, विश्वविद्यालय तथा स्थानीय क्लबको टोलीसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा ताजकिस्तानको सामना गर्नेछ । प्रतियोगिताको छनोट खेल आगामी भदौ २० गते नेपालमा नै हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्