बस दुर्घटना अपडेट -मृतकको संख्या पाँच पुग्यो



बागलुङ :  पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा घाईते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो। यो सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घाइते मध्ये १० जनालाई सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाईएको छ। दुर्घटनामा घाईते भएका थप २८ जना को धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको र थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको अस्पताल  धौलागिरी अस्पताल स्रोतले जनाएको छ। मृतक तथा घाईते कसैको पनि सनाखत हुन सकेको छैन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्