बस दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत



बाग्लुङ : पर्वतको मालढुंगामामा भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ का एकै परिवारका सेते परियार र टीका परियार, म्याग्दीको पाखापानीका राजेश पुन र विषमाया पुन, बाग्लुङ नगरपालिका–४ खुँडुलेका शान्ति केसी रहेका छन्। मृतक बाँकी दुई जनाको खनाखत हुन सकेको छैन।

दुर्घटनामा ३४ जना घाइते भएका छन्। गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। १० जनालाई सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाईएको छ। बाँकी २० घाइतेको धौलागिरी अञ्चल अस्पतालमा नै उपचार भैरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्