दोलखा – दोलखामा जन्ती चढेको बस गुड्नेबित्तिकै बस दुर्घटनामा पर्दा ३५ जना घाइते भएका छन् ।
शुक्रबार बिहान दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर(४, मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली जान लागि तयार बा २ ख ३७६० नम्बरको बस स्टार्ट गर्नासाथ दुर्घटना भएको थियो ।
बिहेघर अगाडि नै भएको दुर्घटनामा करिब ३५ जना घाइते भएका छन् । बस दुर्घटना हुँदा घाइते भएका ४ जनालाई हेलिकप्टरबाट काठमाण्डौ लगिएको दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
तामाकोशी गाउँपालिका वडा नम्बर(४ का कुमोदराज योगी, ४९ वर्षीय उद्धव पोखरेल, १७ वर्षीय टोप बहादुर मिजार र २२ वर्षीय रन्जीत मिजारलाई धुलिखेल अस्पताल शाखा किर्नेटारमा सामान्य उपचार गरी काठमाण्डौ पठाइएको हो ।
त्यसैगरी २४ वर्षीय विकास मिजार र तामाकोशी गाउँपालिका वडा नम्बर(५ का १७ वर्षीय सरोज खड्कालाई एम्बुलेन्सबाट काठमाण्डौ पठाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।