रोकिराखेको बसमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु



सर्लाही – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा रोकिराखेको बसमा ट्रक ठोक्किँदा तीनजनाको ज्यान गएको छ ।

काठमाण्डौबाट झापाको पशुपतिनगरका लागि छुटेको ना ४ ख ९७५४ नम्बरको बसमा ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा तीन जनाको ज्यान गएको  प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा बसका यात्रु इलामका २७ वर्षीय गोबिन्द साउदेन, सुनसरीको इटहरी उपमहानगरपालिका १६ की ३० वर्षीया विनिता राई र ट्रकका चालक पर्सा वीरगञ्ज महानगरपालिका १९ इनररुवाका ३५ वर्षीय रहिम मियाँ रहेका छन् ।

उनीहरु तीनैजनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्