बस दुर्घटनाका सात घाइतेलाई कोहोलपुर रीफर गरीयो, (भिडियो सहित)



दाङको तुलसीपुर १२ हरिपौरीमा भएको बस दुर्घटनामा घाईते भएका ७ जनाको कोहोलपुर रेफर गरिएको छ । शनिबार दिउसो १ बजेतिर तुलसीपुरबाट दमारगाउँ तर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको मिनीबस दुर्घटना हुँदा घाईते भएका २५ जना यात्रुमध्ये ७ जनाको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहोलपुर रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ का ४५ बर्षीय राधा मल्ल, सोही ठाउँकै ५५ बर्षीय केशव डाँगी, तुलसीपुर उपमहानगरपालिका वडा नंं १९ की ३६ बर्षीया माया पुरी , सोही ठाउँकी ३९ बर्षीया गीरा थापा, तुलसीपुर ६ की २२ बर्षीय आशा बिक, तुलसीपुर १२ का ४९ बर्षीया खीमा वली र तुलसीपुर ११ की ५५ बर्षीया गीता मल्ललाई नेपालगंज मेडिकल कलेज कोहलपुर रेफर गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्