तुलसीपुर उपमहानरपालिले राहतको काम अगाडि बढायो



सैघाली खबर
दाङ,२८ साउन । शुक्रवार राती आएको अविरल वर्षाका कारणले क्षति भएका तुलसीपुरका विभिन्न वडामा तुलसीपुर उपमहानगरपालिकाले राहतको काम अगाडि वढाएको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर ६ मोतिपुरमा गरेको बाटो कटानलाई ह्युम पाइप राखेर अस्थायी वाटो निर्माण गर्नका लागि नगरपालिकाले पहल गरिसकेको वताउनु भयो । उहाँका अनुसार जोखिममा रहेको वडा नम्वर ५ र १३ का जोखिमपूर्ण ठाउँमा डोजर लगाएर पानीको निकास निकाल्ने र पीडितको तथ्यांक संकलन गर्ने काम उपमहानगरपालिकाले गरिरहेको छ । उपमहानगरपालिकाका १९ वटै वडाका जनप्रतिनिधिहरुलाई उद्दार, राहत, पीडितको तथ्याङक संकलन र उचित वसोवासका लागि निर्देशन दिइसकीएको समेत उहाँले वताउनु भयो ।


शनिवार अवेरसम्ममा वडा नम्वर १३ का पीडितहरुलाई चामल,दाल,तेल,भाडा, चिउरा, विस्कुट लगायतका तत्काल आवश्यकको राहत सामग्री वितरण गरिने उपमहानगरका कार्यकारी अधिकृत टोपेन्द्र केसीले वताउनुभयो । उहाँले बाढीका कारण घर भत्केरी मृत्यु भएकी तुलसीपुर १३ फुलवारीकी भगवती विकको परिवारलाई तत्काल क्रियाखर्च स्वरुप १० हजार दिइने र अन्य राहतका लागि तत्काल पहल गरिने पनि केसीले वताउनु भयो । मौसम पुर्वानुमान केन्द्रले अझै २४ घन्टा सम्म वाढीको खतरा रहेको जनाएकाले सवैलाई सुरक्षित स्थानमा सतर्कता पुर्वक रहन पनि मेयर पाण्डेले वताउनु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्