मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु



रूपन्देही : ओमसतिया गाँउपालिका २ पडसरी चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय रञ्जितकुमार मदेशिया र रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ का २६ वर्षकै अमित बानियाँको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका दुवै जनाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। यस्तै महोत्तरीको बर्दिवास नगरपालिका १० वनपथमा गएराति ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्याक्टर चालक रौतहट चन्द्रपुर नगरपालिका ९ सिमरा भवानीपुरका ५० वर्षीय सागर मन्सुरी छन्। दुर्घटनामा घाइते २१ वर्षीय विनोद रामको बर्दिवासमा उपचार भइरहेको छ। राति साढे ११ बजे, बर्दिबासबाट रौटहट तर्फ छुटेको ना ६ त ५६१५ नम्बरको ट्याक्टर पल्टिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्