स्कुल भ्यान दुर्घटना



विराटनगर । विराटनगर महानगरपालिका( १५ मा स्कुल भ्यान दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्। घाइते सबै विद्यार्थी १० वर्ष मुनीको रहेको प्रहरीले जनाएको छ। सातजना विद्यार्थी बोकेर श्रीराम बोर्डिङ स्कुलतर्फ जाँदै गरेको को १ च ७०३४ नम्बरको भ्यान बिहीबार बिहान ११ बजे स्कुल नजिकै अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले बताए ।

तीव्र गतिका कारण भ्यान दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनामा सोही स्कुलको युकेजीमा अध्ययनरत सात वर्षीय कुनाल साह, कक्षा २ मा पढ्ने १० वर्षीय दिलनवाज अन्सारी, ८ वर्षीय कृष्ण राजवंशी, ९ वर्षीय मधार अन्सारी, कक्षा १ मा पढ्ने ५ वर्षीय आयुष यादव र कक्षा ३ मा अध्ययनरत ९ वर्षीय पिपल राणापाल घाइते भएको प्रनि रानाले बताए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्