अनशनतोड्न केसीलाई प्रधानमन्त्रीसहितप्रतिपक्षीदलको आग्रह



सैघाली खबर
काठकाडौं,२९ साउन

प्रधानमन्त्री शेरबहादुर देउवासहितप्रतिपक्षीदल नेकपा (एमाले) काअध्यक्ष केपीओली र नेकपा (माओवादी केन्द्र)काअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले डा.गोविन्द केसीलाई अनशनतोड्न आग्रहगर्नुभएको छ । हिजो साँझप्रधानमन्त्रीतथामन्त्रिपरिषद् कार्यालयमाप्रधानमन्त्री देउवाले डा. केसीको अनशनको विषयमाविशेष चासो दिँदै बोलाउनुभएको बैठकले केसीलाई अनशनतोड्न आग्रह गरेको हो । तीनदलकाशीर्ष नेतासहितशिक्षा र स्वास्थ्यमन्त्री, सरकारले गठन गरेको वार्ता समिति, विधेयक छलफल भइरहेको संसद्को महिला, बालबालिकातथा समाज कल्याण एवं ज्येष्ठ नागरिक समितिका सभापति र सदस्यसहित केही विज्ञ सहभागी बैठकले केसीलाई तत्कालअनशनतोड्न आग्रहगर्दै उहाँको मागको भावनाअनुसार चिकित्साशिक्षाविधेयक अघि बढाउने समझदारी बनाएको हो । बैठकले डा केसीले माग गरेअनुसार संसदमाविचाराधीन रहेको चिकित्साशिक्षाविधेयकलाई माथेमाआयोगको प्रतिवेदन र डा. केसीले उठाएका कतिपयजायजमागअनुसार अघि बढाउने समझदारी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्