राहत कोष निर्माण



 

सैघाली खबर
तुलसीपुर , साउन २९ ।तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा वाढीबाट पीडितहरुलाई उद्दार, राहत र व्यवस्थापनका लागि मेयर प्राकृतिक विपद व्यवस्थापन कोषको गठन गरिएको छ । आइतवार तुलसीपुरमा भएको सरोकारवालाहरुको वैठकले तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेको संयोजनमा कोषको गठन गरेको हो । कोषले पीडितलाई तत्काल राहत र उद्दारका लागि पहल गर्ने, विपत्तिमा परेकालाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने, कोषमा भएको राहत तथा नगद कोषकै निर्णयानुसार वितरण गर्ने निर्णय गरेको छ । समितिमा तुलसीपुर उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समिति, तुलसीपुर उद्योग वाणिज्य संघ,नेपाल रेडक्रस सोसाइटी, इलाका प्रशासन कार्यालय तुलसीपुर, नागरिक समाज, यातायात व्यवसायी महासंघ, नेपाल पत्रकार महासंघ, रिपोर्टर्स क्लव ,रोटरी क्लव, रोट्रयाक, तुलसीपुर जेसिज,तुलसीपुर नगर विकास समिति, लायन्स क्लव अफ तुलसीपुर, विजौरी उद्योग वाणिज्य,राप्ती अञ्चल अस्पताल, राप्ती अञ्चल औषधि व्यवसायी संघ, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका संघ सस्था रहेका छन् । समितिका सदस्य सचिवमा उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी रहनुभएको छ ।


कोषले वास्तविक वाढी पीडितको तथ्यांक संकलन गर्ने, पीडितलाई तत्काल राहत वितरण गर्ने र उद्दारका कार्यक्रमहरु सञ्चालन गरिरहेको पनि मेयर पाण्डेले वताउनु भयो । वाढीपीडितको समस्या दिर्घकालिन समाधानका लागि पनि कोषको गठन गरिएको उहाँले वताउनु भयो ।
यसैगरि तुलसीपुर उद्योग वाणिज्य संघको आपत्कालिन वैठक राखेर विपद् व्यवस्थापनमा सहयोग गर्न सवै व्यापारीहरुलाई अपील गरेको छ । अध्यक्ष विरु रावतको अध्यक्षतामा वसेको वैठकले तत्काल उपमहानगरपालिकाको संयोजनमा राहत वितरण गर्ने निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्