बाढीले रौतहटमा मृत्यु हुनेको संख्या ९ पुग्यो, पाँच जना वेपत्ता



सैघाली खबर
रौतहट,३० साउन


अबिरल बर्षा र बाढिले रौतहटमा ९ जनाको मृत्यु भएको छ भने पाँच जना बेपता भएका छन । ६ जनाको एकै ठाउँमा र बाँकी तिन जनाको छुट्टाछुट्टै ठाउँमा बाढीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्गा भगवती गाउँपालिका वडा नं ६ गंगापिपरा निवासी कौशल्या देवी, देबाही गोनाही गाउँपालिका वडा नं २ निवासी जगिया देबी र इसनाथ गाउँपालिका–९ औरैयाका सकिल देवानकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लाको बिभिन्न भागमा गरी पाँच जना बेपता भएको प्रहरी नायब उपरिक्षक नविन कृष्ण भण्डारीले बताउनुभयो । बेपताको खोजी भैरहेको उहाँले बताउनुभयो । रौतहट प्रहरीको हिजो आईतबार साँझसम्मको तथ्यांकअनुसार बाढीबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला सदरमुकामा गौरमा रहेका सरकारी कार्यालय सबै डुवानमा परेको छ भने विद्युत सेवा पनि अवरुद्ध छ । बाढीले जिल्लाका लगभग सबै विद्यालयहरु जलमग्न हुँदा विद्यालयहरु खुल्न सकेको छैन रौतहटको सबै नगरपालिका र गाउँपालिका गरी ८० प्रतिशत भन्दा बढि भाग डुवानमा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्