खुद्रा व्यापारीहरुलाई नियन्त्रण गर्दै करको दायरामा ल्याउने छु , बुढाथोकी



 

दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन यही भोली हुने हुदैछ । त्यस बारेमा सैघाली खबरका कार्यकारी सम्पादक जनक नेपालीले दाङ जिल्ला उद्योग वाणिज्य संघका संयुक्त प्यानलका सदस्य पदका उम्मेदवार महेन्द्र बुढाथोकी संग गरेको कुराकानी ।

 

उद्योग वाणिज्य संघको अध्यक्षमा तपाईको उम्मेदवारी किन ?
पहिलो कुरा आज सम्म पोल्टी व्यावासायीहरुको सहभागिता थिएन । त्यसले गर्दा समग्र पोल्टी व्यावासयीहरुको हक अधिकार स्थापित गर्नुका लागि मैले उम्मेदवारी दिएको हु । त्यसका साथै व्यावसायिक हक अधिकार स्थापित गर्न , दाङ लाई व्यावस्थित शहरका रुपमा विकास गर्न जिल्लालाई प्रादेशिक राजधानी वनाई व्यापारीक केन्द्र रुपमाका विकास गरी दाङ आर्थिक वृद्धि लाई मजवुत वनाइ्र्र राख्नेका लागि मैले उम्मेदवारी दिएको हु । अतह पूर्ण रुपमा खुद्रा व्यापारीहरुलाई नियन्त्रण गर्दै करको दायमा ल्याउनका लागि मेरो उम्मेदवारी हो ।

तपाईले जित्ने आधार के के हुन ?
खुद्रा व्यापारीका कारण धेरै जस्तो व्यापारी मर्कामा परेका छन् । जसका कारण कोठा भाडामा ल्याएर व्यापार गर्ने व्यावासायी धेरै मर्का खेप्दै आएका छन् उनिहरुको लागि मैले पहिलोकाम गर्ने छु जसलाई करको दायरामा ल्याउनका लागि । कतिपय कानुनी दायरामा आउन नसकेका व्यावसायहरु लाई कानुनी दायरामा ल्याई सुरक्षित व्यापार सेवा संञ्चालनका लागि तत्काल काम गरिने छ । साथै राज्यको फितलो कर दायरा अव्यवाहारिक छ त्यसलाई परिमार्जनका लागि पनि मेरो भुमिका रहने छ । साथैहरेक व्यावसायीको दैलो दैलोमा पुगेर व्यावसायीको समस्याको पहिचान गर्दै उहाँको हकका बारेमा काम गर्ने ईच्छा शक्ति म भित्र रहेको जसका कारण व्यावसायीक समस्या समाधानका बिषयमा समेत वृहत योजना बनाएर अगाडी बढ्ने योजनाका साथ अगाडी बढेको छु ।जिल्लामा व्यावसायिक समस्या तथा धेरै चुनौति हाम्रा अगगाडी रहेका छन त्यसका लागि पनि काम गर्ने भएका कारण म निर्वाचन जित्ने आधार यिनै देखेको छु ।

 

तपाई सदस्य पदमा विजयी हुन भयो भने  के गर्नु हुन्छ ?
दाङ उद्योग वाणिज्य संघको यस पटकको कार्य समिति निर्वाचन भोली हुदै छ । निर्वाचनबाट व्यावासयीले चाहेको व्यक्ती चुन्नु हुन्छ साझा संस्थामा काम गर्दा सबैको सहमतिका आधारमा अगाडी बढ्नु पर्छ पर्छ हैन भने संस्थाको विकास गर्न सकिदैन । पछिल्लो चरण दाङ प्रदेश संरचनामा गएको छ त्यसमा झनै दाङलाई प्रदेशको केन्द्र बनाउनु पर्नै भएका कारण त्यसमा आफुले आबश्यक पर्दा सबैकाम गर्ने योजना छ ।, दोश्रो कुरा दाङलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नका लागि दाङको टरिगाउँ एरपोट सञ्चालनमा पहल गर्ने , तेश्रो कुरा दाङका ग्रामिण सडकहरु समेत कालोपत्रे गर्ने , खुद्रा व्यापारीलाई करको दायरामा ल्याउने मेरो काम रहने छ ।

व्यावसाय विकासमा के गर्नुहुन्छ नि ?

दाङ लाई लगानी वजारको रुपमा खुल्ला गरी औद्योगिक विकास र स्थापनाका लागि सवै सरकारी तथा निजि क्षेत्रको सहकार्यमा विशेष योगदान गरिने छ । लेखा तथा वित्तिय व्यावस्थापन सम्वन्धी विशेष परामर्श दिई लगानी संरक्षण र परिचालन वारे राम्रो ज्ञान दिई व्यावसाय विकासमा स्वतह आफैले गर्न सकिने भावनाको विकास गरिने छ । राज्यको नितिहरु व्यावसायहरुको पसलपसलमा पु¥याई व्यावसाय विकासका लागि यस्तो र संरक्षणका खल्ला छलफल गरिने छ । खासमा व्यावसाय विकासका लागि व्यावसाय एकता र राज्यको सहकार्यमा विभिन कार्य थालनी छ ।व्यापारीहरुका लागि चुनौती झल्नु परेको छ । कर , घरभाडाँ , अण्डरविलिङ , घुमन्ते व्यापार , खुल्ला व्यापार जस्ता समस्याहरु थुप्रै छन । तर ति समस्याहरु समाधानमा कसैको ध्यान छैन । राज्यले त्यस वारे केही सुन्नै चाहादैन । तर ति समस्याले व्यापारीहरु थकित छन । अव मलाई लाग्छ ति समस्याहरुको समाधान अवको गर्छ । घरवेटीको मनोमानि भाडाँ वृद्धि भएका कारण व्यापारी घरधनीका विचमा समन्वय गर्ने हो ।

 

अन्त्यमा केही भन्नु छ ?
खासमा भन्नु पर्ने त केही पनि छैन तर पनि उद्योग वाणिज्य संघको भोली हुने निर्वाचनमा सम्पुर्ण व्यावसायीलाई सहयोग गर्न आग्रह गर्दछु । म सबै व्यावसायीको अधिकार स्थापित गर्नका लागि काम गर्दै आएको छु त्यसकारण मलाई सहयोग गर्नु हुनेछ । त्यसका साथै म तपाईको मिडिया मार्फत मेरा केही विचार आम पाठक र व्यावसायीका माझमा राख्न दिएकोमा धन्यावाद दिन चाहन्छु ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्