सुनचाँदीको भाउ घट्यो



सैघाली खबर,
काठमाडौं,३१ साउन । – सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुनको भाउ तोलामा ४ सय तथा चाँदीको भाउ ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन मंगलबार तोलाको ५५ हजार तथा चाँदी ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ सोमबार तोलाको ५५ हजार ४ सय र चाँदीको भाउ ७ सय ५५ रुपैयाँ थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्