सडक अबरुद्ध भएपछि बिरामी बचाउन हेलिकप्टर चार्टर



 

दिपक बोहरा,
दाङ, ३१ साउन ।


वाढीले दाङको यातायात ठप्प भएपछि विरामीलाई वचाउन हेलिकोप्टर चार्टर गरिएको छ । दाङ तुलसीपुर निवासी लिला योगि रावत एक्कासी विरामी परेपछि उनको परिवारले उनलाई वचाउन लाखौंमा हेलिकोप्टर चार्टर गरेर सोमवार काठमान्डौं पुर्याएका हुन ।

लिला एक्कासी विरामी परेपछि उनको उपचार तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा हुँदै आएको थियो , तर अवस्था झनैं गम्भीर वन्दै जान थालेपछि दाङमा वाढीले यातायात ठप्प हुँदा हेलिकोप्टर चार्टर गरेरै भएपनि काठमान्डौं लग्नु परेको लिलाका ठूलावुवा गोपीनाथ योगीले जानकारी दिए ।

उनले लिलाको ज्यान जोगाउन झन्डै चारलाखमा हेलिकोप्टर चार्टर गरेर काठमान्डौंको ग्रान्डि हप्टिलमा पुर्याइएको जानकारी दिए । ‘बाढीले दाङ आन्तरिक नाकावन्दीमा छ , न नेपालगञ्ज जाने वाटो छ र अनेन्त्र कँही । त्यसैले हेलिकोप्टर चार्टन गर्नु हाम्रो बाध्यता हो ।’ योगीले भने । उनले आइतवार नै नेपालगञ्जवाट अग्नी एयरको हेलिकोप्टर चार्टर गरेतापनि प्रतिकुल मौसमका कारण आएपछि ल्यान्डगर्न नसकी फर्किएपछि सोमवार पोखरावाट प्रभु सेवाको हेलिकोप्टर मागेर भतिजीलाई काठमान्डौं उपचारका लागि पठाइएको बताए ।

उनले अञ्चल अस्पतालमा अरु पनि गम्भीर प्रकृतिका विरामी भएपनि बाढीले ठाउँ ठाउँमा वाटो अवरुद्ध हुँदा यातायात चल्न नसक्दा उनीहरु पिडामा छटपटाई रहेको जानकारी पनि दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्