मतदानका लागि एक घण्टा समय थप



सैघाली खबर
दाङ,३१ साउन ।
व्यापारीहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको मतदानका लागि एकक घण्टाको समयय थप गरिएको छ । विहान ८ बजेदेखि मतदान शुरु भएको मतदानमा बेलुका ५ बजे सम्म चल्ने निर्वाचन प्रमुख रेवतीरमण भट्टराईले जानकारी दिनुभयो । हाल सम्म १२ सय ५० मत खसेको छ । क बुथमा ६सय ५० र ख बुथबाट ६सय गरी मत खसेको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।संयुक्त प्यानलका तर्फबाट नारायण भुषाल अध्यक्षतामा उपाध्यक्ष एकराज खनाल र नारदमणि पोख्रेल, महासचिव अनिल आचार्य, सचिव हरि खरेल तथा कोषाध्यक्षमा श्रीधर पोख्रेलको उम्मेदवारी परेको छ ।

काग्रेस निकट ब्यवसायीहरुको तर्फबाट मञ्जु बज्राचार्यको अध्यक्ष प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्षमा टंक बुढाथोकी र बसन्त जोशी, महासचिवमा नरेश कार्की, सचिवमा मायाँ पोख्रेल र कोषाध्यक्षमा शुसिल पोख्रेलका विचमा निर्वाचनमा होमीनु भएको छ ।संघमा मतदाता २ हजार ९२ जना सदस्य आबद्ध भएका छन् ।  त्यसका साथै बेलुका ८ बजेदेखि मतगणण सुरु हुने छ । निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्