‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’आज सकिदै



बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा,झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’आज सकिदै छ। अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव लाइ आहिलेसम्मकै सबै भन्दा बृहत र व्यवस्थित भनिएको छ।
व्यावसायिक, धार्मिक, पर्यटकीयलगायत समग्र क्षेत्रको विकासमा महोत्सवले टेवा पुगेको छ ।मेलामा बंगलादेश,पाकिस्तान र भारतका पर्दशकहरुको पनि सहभागिता रहेको थियो।

२ सय १० वटा स्टल रहेको महोत्सवमा १० हजारभन्दा बढीले टिकट काटेर महोत्सवको अवलोकन गरे का थिए । महोत्सवस्थलमा स्वास्थ्य शिविर,आदिबासी जनजातीहरुले आफ्ना मौलिक सामाग्री चिनाउने उद्देश्यकासाथ आदिबासी जनजातीहरुको स्टललाई विशेष चासोका रुपमा हेरेको पाइएको छ ।

ओख्ली, जाँतो, डालो, डोको, चिण्डो, मकैको झुत्ता, फर्सी जस्ता सामाग्री पनि राखिएको थियो। त्येस्तै जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजक्टसम्मका उत्पादन मेलामा उपलब्ध रहेको थियो । अटो मोबाइल,गाडी जस्ता बस्तुहरु संगै कृषि जन्य पदार्थको स्टल बढी राखिएको थियो।

इलाम बाट उत्पादित अर्थोडक्स चिया,छुर्पी,ललिपप,जस्ता पदार्थ ले राम्रो बजार लिएको ग्रीनहिल टी हाउसका संचालक गोपाल दाहाल ले बताए । दाहाल भन्छन ‘आफुले उत्पादन गरेको वस्तु प्रचार प्रसार गर्ने अवसरले मात्रै पनि सम्पूर्ण व्यापारि र कृषक का लागि ठुलो टेवा पुगेको बताउछन्’ ।

  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्