मुनाको २९ औं वार्षिकोत्सव सम्पन्न



दीपक श्रेष्ठ,

नेपालकै अग्रणी राष्ट्रिय दैनिक पत्रिका गोरखापत्र प्रकाशन गर्दै आएको गोरखापत्र सस्थानले बिक्रम सम्बत २०५६ साल देखि निरन्तर प्रकाशन गर्दै आएको बाल साहित्य तथा बाल सृजना मासिक पत्रीका मुना प्रकाशनको २९ औ बार्षिकोत्सव उपलक्ष्य आज राजधानीमा अन्तरकृया कार्यक्रमको आयोजना गरि मनायो ।

प्रमुख अतिथी गोरखापत्र सस्थान सचालक समितिका अध्यक्ष कृष्ण मुरारी भण्डारीले मुना मासिक बाल पत्रीमा प्रकासित सामग्रीले हाम्रो देशका बाल बालिकाहरुको बौद्दिक बिकासमा ठूलो सहयोग पुर्याउदै आएको बताउनु भयो । यो बाल मासिक पत्रीका मुना ले आगामी दिनमा बालबालिकाहरुको बौद्दिक बिकाशको लागि आवश्यक पर्ने लेख रचना लाई विशेष प्राथमिकता का साथ समेट्दै लैजाने प्रमुख अतिथिले बताउनु भयो ।

समय र प्रबिधिले फ्ड्को मारी सकेको अवस्थामा मुनालाइ आगामी दिनमा कसरी लैजाने भन्ने बारे अन्तरकृया कार्यक्रममा छलफल समेत गरिएको थियो । बरिष्ठ पत्रकार गोकुल प्रसाद पोखरेललाई प्रमुख अतिथी भण्डारीले दोसल्ला ओढाइ सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्