वृद्धभत्ता दिने प्रतिबद्धता पुरा हुन्छ- उपप्रधानमन्त्री पोख्रेल



काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिबद्धताबाट सरकारपछि नहटेको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिबद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन् ।

उनले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अब मासिक ५ हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि स्पष्ट पारे । उनले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि यहि फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गर्न लागेको जानकारी पनि दिए । आईतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले केहीले भनेजस्तो सरकार चुनावी घोषणापत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिबद्धताबाट पछि नहटेको दावी पनि गरे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्