एकै चरणमा दुई तहको निर्वाचन बारे आयोग र दलहरुबीच छलफल हुँदै



सैघाली खबर
काठमाडौं,१ भाद्र 

प्रदेश र केन्द्रिय तहको निर्वाचन एकै चरणमा गर्ने सहमति गरेका राजनितिक दलहरुले आज निर्वाचन आयोगसँग यसको जटिलता बारे छलफल गर्दैछन् । निर्वाचनको आयोगमा आज दिउँसो गर्ने भनिएको छलफलमा प्रमूख राजनितिक दलहरुको सहभागिता रहने छ । मंसिर दोस्रो साता निर्वाचन गर्ने गरि हिजो सहमति गरेका दलहरुले एकै पटक दुई चरणको निर्वाचन गर्न देखिने कठिनाई बारे निर्वाचन आयोगसँग छलफल गर्न लागेका हुन् । छलफलको समय भने तय भई नसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । निर्वाचन आयोगले प्राविधिक हिसावले एकै चरणमा दुई निर्वाचन गर्न सहज नरहेको बताउँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्