जनवरीमा उत्साहजनक पर्यटक भित्रिए



काठमाण्डौं । सन् २०१९ जनवरीमा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल भित्रिएका छन् । यसले नेपालमा आउने पर्यटकहरुको संख्यामा उत्साहजनक वृद्धि देखिएको छ
। इमिग्रेसन विभागका अनुसार २०१९ को पहिलो महिना ७७ हजार ३ सय विदेशी पर्यटकहरु हवाई मार्ग हुदैं नेपाल आए भने थप १४ हजार ४ सय ९३ भूमार्गबाट आएको देखिएको छ । यो संख्या अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा २५।४५ बढी हो ।

सन् २०१९ जनवरीमा भारतबाट नेपाल आउने पर्यटकको संख्या सन् २०१८ को जनवरी संख्याको तुलनामा २०।६५ ले बढेर १४ हजार ६ सय ५० पुगेको छ । समग्र सार्क राष्ट्रहरुबाट नेपाल आउने पर्यटकहरुमा पनि वृद्धि देखिएको छ । यो क्षेत्रबाट आउने पर्यटकहरुको संख्यामा ११।६ प्रतिशतको वृद्धि भएर १७ हजार ४ सय ३२ पुगेको छ ।

त्यसै गरि सन् २०१९ जनवरीमा १३ हजार ६ सय ८८ चिनियाँ पर्यटकहरु नेपाल आए । थाईल्याण्ड, जापान र दक्षिण कोरियाका भ्रमणकर्ताहरुमा पनि वृद्धि भएको छ । सन् २०१८ जनवरीको तुलनामा यी मुलकबाट आउने व्यक्तिहरुको संख्यामा ६९।८५, ३८५ र ८।४५ ले वृद्धि भएको छ ।

नेपालमा आउने युरोपेली पर्यटकहरुको संख्यामा पनि वृद्धि देखिएको छ । अघिल्लो वर्षको यही अवधिमा भन्दा त्यो क्षेत्रबाट नेपाल आउने पर्यटकहरुको संख्या २०५ ले बढेर ११ हजार ९ सय ६६ पुगेको छ । यो अवधिमा नेपाल भ्रमणमा आउनेहरुको स्रोत देशहरुमध्य प्रमुख देश अमेरिकाबाट आउनेहरु पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।

सन् २०१९ जनवरीमा अमेरिकी भ्रमणकर्ताहरु अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८।१५ ले बढेर ७ हजार २८ भयो भने अष्ट्रेलियाबाट नेपाल भ्रमण आउने भ्रमणकर्ताहरुको संख्या ३१।३ ५ बढेर ३ हजार ५ सय २७ पुगेको छ ।

नेपाल पर्यटन बोर्डका दीपक राज जोशीले आफूहरुले निरन्तर अन्तर्राष्ट्रिय रुपमा नेपालबारे सकारात्मक सन्देश फैलाएकाले सन् २०१९ को पहिलो महिना अन्तर्राष्ट्रिय भ्रमणकर्ताहरुको आगमनमा वृद्धि भएको बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्