भ्यालेन्टाइन जोडीहरुकालागि काठमाडौँका यी हुन् १० उत्कृष्ट स्थल ,



आज भ्यालेन्टाइन दिवस अर्थात १४ फेब्रुअरी । आजको दिन माया गर्ने जोडीहरुको लागि एक बिशेष दिनको रुपमा लिने गरिन्छ । अजको दिनलाई कसैले आफ्नो प्रेमलाई निरन्तरता दिन विभिन्न गिफ्टहरुको साटासाट गर्ने बिचार गरेका होलन भने क सैले यो पर्वलाई आफ्नो उपयुक्त प्रेम प्रस्ताव राख्ने तयारीको रुपमा लिएको होला ।भनिन्छ पाउँनु मात्र प्रेम होईन गुमाउनु पनि एक प्रकारको प्रेम हो । तर यदि यसपालीको प्रेम दिवसलाई कसरी मनाउने योजना तपाईले बनाउनु भएको छैन भने, आउनुहोस तपा ईलाई काठमाडौँ आसपासका केहि भ्यालेन्टाइन मनाउने उपययुत्त ठाँउहरुको बारेमा जानकारी लिनुहोस् कामलाग्न सक्छ ।

1. नगरकोटः 

धना वनजंगल अनि गणेश हिमाल र लाङटाङ हिमश्रृङखलाको चिसो हावाको स्पर्स गर्दे एकअर्काको अंगालोमा धित मरुन्जेल प्रेमरस को भरपुर आन्नद लिनसकिन्छ नगरकोटमा । पातलो मानव वस्ती अनि एकान्तको ठाँउ भएका कारण तपाईले आफ्नो प्रेमि प्रेमिकासंग निर्धक भएर समयको सदुपयोग गर्न सक्नुहुन्छ।एकअर्काको माया साटासट गर्न सक्नु हुन्छ। तपाई यदि आफनो मायालु संग राती त्यहिबसेर बिहानको सुर्यादय हेर्न चाहानु हुन्छभने पनि होटेल हरुको उपयुक्त प्याकेज लिएर आफ्ना आवश्कता पुरा गर्न सक्नुहुन्छ। काठमाण्डौ द्याटिबाट ३२ किलोमिटरको दुरिमारहेको यो ठाँउ भक्तपुरको उत्तरपश्चिममा अवस्थित छ।

2. गोदावरीः 

गोदावरीमा तपाईलाई मौसम अनुसारका रंगीचङ्गी फुलहरुका विचमा आफनो मायाको फुलफुलाउने अवसर मिल्ने छ। त्यहाँ चिसो मौसममा मैदानको पारिलो धाम अनि गर्मि मौसममा रुखको शितल छाहारिमा बसेर मायाको लुकामारी खेल्न सकिन्छ । सु न्दर बगैचा अनि चिसो हावाको साथमा प्रेमचरा बनेर आफ्नी मायालु संग समय विताउन चाहाने का लागी उपयुक्त गन्तव्य हो गोदावरि उधान ।काठमाण्डौ बाट नजिकैको दुरिमा रहेको यो स्थान ललितपूरमा रहेको छ। उधान भित्र प्रवेशका लागी निश्चित शुल्क तिरेप छि उधानको भरपुर आनन्द लिन सकिन्छ ।

3.चन्द्रागिरी डाँडा : 

तपाईका मनमा गुम्सिएर रहेका रहरहरुको निधारमा चुम्ने अवसर मिल्ने छ तपाईलाइ चन्दगिरि डाडाँ मा । यदि तपाई आफ्नो मायासंग स्वच्छ हावा र शहरतिरको मनोरम दृष्यको साथमा समयको भरपुर आनन्द लिन चाहिरहनु भएकोछ भने तपाई एकचोटि चन्दगिरि डाडाँ पुग्नैपर्ने हुन्छ ।भौतिक श्रोतसाधनले भरिपुर्ण चम्पादेबिमा तपाई आफ्नो प्रियसिको काखमा बसेर केवलकारमा बसि चुम्वन गर्दे गरेका सेल्फी पनि लिन सक्नुहुन्छ ।

4.गार्डेन अफ ड्रिम्स:

 हर युगलजोडिले प्रेमका ताजमहलहरुलाई रंगरोगन गर्न काठमाण्डौको मुटुमा रहेको शान्त ठाउँँको खाजीमा हुनुहुन्छ भने, स्वप्न बगैचा तपाईलाई कुरिबसेको छ ।एकअर्काका मनमा उब्जेका प्रेमका ज्वारह रुलाई बिसाउने थलो को रुपमा सदुपयोग गर्न सकिन्छ स्वप्न बाटिकालाई ।शारिरिक सम्बन्धको लागी नभएर आफ्नो मनको हितैसिसंग अन्तरंग मेलमिलापको लागी स्वप्न बाटिका एक आर्कषण केन्द हो ।यदि तपाईसंग समय र साधनको कमि छ अनि आफ्नो मायालुको मायाको शितल छाहारिमा रमाउन चाहानु हुन्छ भने तपाईको सपनालाई साकार पार्ने उपयुक्त निकट गन्तव्यहो हो स्वप्न बाटिका ।

5. सुन्दरीजल: 

यदि तपाईलाई प्रकृति संग रमाउदै प्रेमको मन्दिर सजाउने चाहाना छभने सुन्दरिजलको मौसम तपाईलाई उपयुक्त ठाँउ हो । छङछङगर्दे बग्ने झरनाको गतिसंगै आफ्नो प्रेमको गहिराई नाप्ने स्थान हो सुन्दरिजल ।ढुङगाले पाटेकोे बाटोमा पाइलामा पाइला मिलाउदै हिड्नुको आनन्द अनि मायालुको साथमा समाउदै उकालो कटेको तपाईलाई थार्है नहुने रमणिय स्थानहो सुन्दरिजल । राष्टिूयनिकुन्ज भएकाले जंगलि जनावर चराचुरुङ्गी को मिठो आवाजमा रमाउदै कुनै रुखको फे दमुनि बसेर एकअर्कामा मायाको साटासाट गर्न सकिन्छ ।यदि तपाईहरुका बिचमा प्रेमको बिषयलाई लिएर असमझदारी छ भने त्यसको निराकरण सुन्दरीजल बाट हुन सक्छ ।काठमाण्डौ बाट नजिकैको दुरीमा रहेको यो स्थानमा तपाईको प्रेम जिवनको लागी भावना लाई साझेदारी गर्नसक्नुु हुन्छ।

6. टौदहः 

यदि तपाई भर्खर कसैको प्रेममा पर्नु भएको हो भने तपाईको प्रेमको मुनालाई पलाउनका लागी टौदह एक उपहार सावित हुनेछ । गहिरो पोखरीमा पौडिरहेका माछा हरुलाई नियाल्दै आपmनी जुलिएट संग आरामको आनन्द लिन सक्नु हुनेछ । तालको चा रैतिर पातलो जंगल तथा हरिया धासेमैदानका फाटहरुको मनमाहेक दष्यमा रमाउन तपाईलाई कसैले रोक्न सक्ने छैनन ।पोखरीमा माछामार्ने,पौडिखेल्ने जस्ता सुविधा नभए पनि पोखरिको किनारैमा रहेका एकान्त रेष्टुरेन्टहरुमा बसेर मनपर्ने परिकार आफनो माया लुलाई पस्कनु सक्नु हुन्छ।यदि माछालाई चारो खुवाउदै एकअर्काप्रतिको प्रेम विश्वास वढाउन चाहानुहुन्छ भने टौदहको पोखरी किनारमा आफनो मनोकांंक्षा पुरागर्ने आशाको अन्त हुनेछ।

7.सिटिसी महल: 

तपाई वा तपाईका मायालुलाई फिल्मप्रतिको लगाव छ भने तपार्ईको लागी मनोरंजनको उचित डेटिङ यात्रा हुनेछ सिनेमा धर। सारा संसार लाई विर्सेर वरिपरिको वातावरणको परर्वाहै नगरि एकअर्कासंग टाँसिएर मनेरंजनको दुनियाँमा हराउन सकिन्छ।हतमा पपकन वा आईसक्रिमको स्वाद संगैै मायालुको साथमा फिल्मको नायक,नायिकासंग आफुलाई र आफनो मायालाई तुलना गर्नपाईने स्थाानलाई सायदै तपाईले जिवनमेै विर्सनु हुनेछ ।आफुलाई मनपर्ने फिल्म मायालुसंगै बसेर हेर्दाको पल अति रोमान्चक हुनेछ ।

8.मन्जुश्री पार्कः 

काठमाण्डौ उपत्यकाबाट सजिलै र सहजै यदि तपाई आफनो जोडिसंग एकान्त परिवेशको आनन्दमा भुल्ने चाहानाको पर्खाईको हतारमा हुनुहुन्छ भने मन्जुश्री पार्कमा गएर आफ्नो पर्खाईलाई समाप्त गर्न सक्नु हुन्छ । शहर बाट नागबेलिझै बग्ने बागमति र बिष्णुमति किनारमा बसेर नदिको जस्तै माया बगाउने अवसर तपाईलाई प्राप्त हुनेछ ।पार्कभित्रै रहेको गुफापनी तपाईले अबलोकन गर्न सक्नुहुने छ । तपाई थकित र भोकलागेको अनुभव गर्दे हुनुहुन्छ भने पार्कभित्रैका रेष्टुरेन्टमा गएर आफनो अडर बमोजिमका परिकारहरु रोजिरोजि खानसकिन्छ ।बगैचामा लगाएका फुलहरुको बासनाले तपाईलाई फ्रेस गराउने छ। तपाई जस्तै युगलजोडिहरुले प्राय भिडभाड रहने यो ठाउँमा पानि परिरहको समयमा जादा अझ रमाईलो वातावरणको अवसर मिल्ने छ।

9. किर्तीपुरः 

किर्तीपुर काठमाण्डौमा सुन्दर ठाउँमध्यको एक हो । स्वच्छ वातावरण तथा मनमोहक खेतका आलिहरुको एक अभुतआनन्द लिन सकिन्छ ।खुला ठाउँ भएकाले डेटिङको लागी जादा वाहिरी वातावरणको प्रभाव प्राय शुन्य रहन्छ।ऋाफ्नो हितैसिसिंग धितमरुन्जेल रमाईलो गर्नजानै पर्ने एक इितिहासिक शहरहो किर्ती पुर। गाउँले जनजिवनले तपाईको प्रेमलाई अझ आधुनिक बनाउने छ अमर बनाउने छ।तपाईले आफना समपुर्ण रंगहरु प्रर्दशन गर्न सक्नुहुनेछ।

10. दक्षिणकाली:

काठमाण्डौको धुलो धुवाँबाट निस्केर अलि टाढाको डेटेङ यात्रामा निस्कने सोच बनाउनु भएको छ भने दक्षिणकालि मंदिर नजिकैको स्थानलाई रोज्नुहोस । प्राय विदा र पर्वकादिन अलि भिड भाड रहने यो ठाँउमा वाहिरी संसारलाई विर्सेर आप्नो प्रेमको पाहाड चढ्न सक्नुहुन्छ । बाटोमा पर्ने स(साना खोला,धना जंगल, जंगलका बिचैमा पर्ने ठुला गुम्वाहरुले तपाइको यात्रामा उर्जा थप्ने छ ।हिउँद महिनामा बनभोजको लागी उपयुक्त मानिने यो ठाँउ प्रेमि प्रेमिकाकोलागी सदाबाहार रोेजाईमा पर्न सफल मध्येको एक हो ।

रोमान्स प्रेमको भाषा हो ।यो एक तरिका हो कि तपाईले आफनो पार्टनर लाई देखाउनु छ कि तपाईले तिनीहरुको ख्याल राख्नुहुन्छ। समय समयमा यस्तै प्रकारको वातावरण बनाउनका लागी हामिले एक अर्कालाई भेट्न आवश्यक छ।यदि तपाई सार्वजनिक स्थान मा आफ्नो प्रेमको सिमापार गर्दे हुनुहून्छ भने तपाईलाई निगरानि गरिरहने पनि हुन्छन । एकान्त छ कोले देख्छ र ? भन्ने भ्रममा नर्पनु होला ।प्रशासनको निगरानिमा पनि बिचार पुर्याउनु राम्रो होला । याद गर्नु होस जोसमा होस नगुमाउनु होला । काठमाण्डौ का माथि उल्लेखित ठाउँहरुले तपाईको प्रेम जिवन्त राख्न सहयोग गर्नेछ, तपाईको प्रेमले सुखको शिखर चुम्ने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्