किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा एक व्यक्ति पक्राउ



फागुन,२ । १५ वर्षीया किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा जोरायल गाउँपालिका-४ का ४८ वर्षीय खडकबहादुर मगरलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।

घरमा एक्लै भएको मौका छोपी सोमबार राति करिब १० बजेको समयमा खडकबहादुरले घरको झ्यालाट दुर्ब्यबहार गरेको पीडित किशोरीले बयान दिएको डीएसपी धामीले बताए ।
किशोरीले मंगलबार इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि खडकबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्