प्रहरीकै ससुरालीबाट नौ करोडको सुन बरामद



फागुन ३  काठमान्डौ  कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ ।
पुनर्वास–२ दशरथबस्ती स्थित गंगालाल तिरुवाको घरवाट सुनका १०८ वटा सिक्का फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । सुन सँगै दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

१८ किलो तौल  रहेको,९ करोड मुल्य बराबरको  सुन तस्करीमा संग्लन रहेको भन्दै प्रहरी र सीआईबीको टोलीले प्रहरी जवान सुरज तिरुवा र उनका भाई लक्ष्मण तिरुवा पक्राउ गरेको छ । सुरज तिरुवा र लक्ष्मण तिरुवाले आफुलाई थाहा नै नदिई घरमा समान राखेको र उक्त समान के हो भन्ने आफुलाई थाहा नभएको गंगालालको तर्क छ । सुरज जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी जवान हुन, भने गंगालाल सुरजका ससुरा हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्