तेह्रथुममा १८१ खेलाडीको बिदा



इन्द्र नेपाली तेह्रथुम
आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनको लागि प्रदेश नः १ स्तरिय खेलाडि छनौट प्रतियोगितामा तेह्रथुमबाट भाग लिने खेलाडिलाई आज एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको छ । प्रदेश नम्बर एक स्तरिय खेलाडि छनौट प्रतियोगितामा तेह्रथुमबाट १ सय ८१ जना खेलाडि र प्रशिक्षक सहभागि हुदैछन ।

कार्यक्रममा सम्पुर्ण खेलाडिहरुलाई खेल पोषाक बितरण गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिव ढुङ्गाना, म्याङलुङ् नगरपालिकाका प्रमुख सञ्जय कुमार तुम्हाङफे, छथर गाउँपालिकाका अध्यक्ष सन्तविर तिगेला, पुर्व जिबिस सभापति किशोरचन्द्र दुलाल, लगायतले आ, आफनो सुभकामना राख्नुभएको थियो ।

अतिथिहरुले विषेश खेलकुद क्षेत्र व्याक्क्तिगत र राष्ट्रको पहिचान साथै देशलाई समृद्ध बनाउँने आयाम मध्ये एउटा महत्वपुर्ण आयाम भएको बताएका छन् ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको विदाई तथा पोषाक वितरण कार्यक्रम जिल्ला समन्वय समितिको व्याबस्थापन तथा जिल्ला खेलकुद बिकास समितिका अभ्यक्ष केशवकुमार भट्राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्