१४ दिनमा खुल्यो ताला



इन्द्र नेपाली तेह्रथुम
पुर्बी पहाडी जिल्ला पाचथरको सदरमुकाम फिदिममा रहेको एक सरकारी बिधालय का प्रधानाध्यापकको राजिनामा पछि फिदिम माविमा लागेको ताला खुलेको छ । गत माघ २७ देखी जारी तालाबन्दी खुलेको हो । प्रधानाधयापक दुर्गाराज खत्रिले कक्षा ९ मा अध्ययन गर्दै आएका रोहित राईलाई कुटपिट गरेको बिषयमा उनको राजिनामा माग गर्दै आन्दोलन चलेको थियो ।

अध्यनरत बिद्यार्थी राइलाई अस्पताल भर्ना हुने गरी प्रअले कुटेको भन्दै अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, संघिय बिद्यार्थी फोरम लगायतका बिद्यार्थी संगठनले संयुक्त रुपमा आन्दोलन घोषण गरि आन्दोलनमा उत्रिएका थिए।

प्रधानाध्यापकको राजिनामा माग्दै माघ २७ गते बाट फिदिम माविको प्रधानाध्यापक कक्ष, प्रशासन कक्ष लगायतमा ताला बन्दी गरेको चौथो दिन खत्रीको राजिनामा पछि बिद्यार्थी संगठनले ताला खेलेर नियमित पठनपाठन गर्ने सहमति भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्