स्थानीयको जनजीवन कष्टकर,ग्रामीण क्षेत्रका सडक अबरुद्ध



इन्द्र नेपाली, तेह्रथुम 

पुन पुर्बी पहाडी जिल्लामा भारी हिम्पात
होटेल व्यावसायि उत्साहित
आन्तरिक तथा बाय पर्यटक गुरास राजधानी र गुफा तिर ।
सरकार प्रती नागरिकको गुनासो फेरिएन सडकको मुहार,

पुर्बी पहाडको लेकाली क्षेत्रमा पुन बाक्लो हिमपात भए सँगै जनजीवन कष्टकर बनेको छ । बर्षा सँगै हिमपात भएपछी लेकाली क्षेत्रको जनजीवन कष्टकर बनेको हो ।
जाडो सँगै शनिबार साझ परेको हिमपातले जनजीवन कष्टकर बनेको लाली गुरास नगरपालिका बसन्तपुरका होटेल बसन्तपुर भ्युका संचालक प्रकाश श्रेष्ठले बताउनु भएको छ।उता चैनपुर नगरपालिका नुनढाकी गुफा बजारमा झन्नै१ फुट बाक्लो परेको हिउँका कारण यहाँका स्थानीय नागरिकहरुलाई दैनिक काम गर्न समेत समस्या भएको छ।

होटेल व्यावसायि उत्साहित
सनिवार साझ पुर्बी पहाडी जिल्लाका अधिकामसं लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ।हिमपात सगै होटेल व्यावसायिकहरु उत्साहित भएका छ्न।हिउँ सग रमाइलो गर्न तराईका झापा, मोरङ ,सुनसरि लगायतका आन्तरिक तथा बाहय पर्यटनक पुर्बकै नमुना सहरको रुपमा बिकसित हुँदै आएको बसन्तपुरमा होटेल बसन्तपुर भ्यु संचालन गर्दै आउनु भएको होटेल व्यावसायिक प्रकाश श्रेष्ठले बताउनु भएको छ।उहाँको अनुसार बिगतका बर्षहरु मा हिउँ कम पर्ने गरेको कारण हिउँ खेल आउने पर्यटक कमै मात्रामा आउने गरेता पनि यश बर्स भने पटक पटक हिउँ परेको कारण हजारौं पर्यटक बसन्तपुर भित्रीए सगै आर्थिक कारोबार समेत उल्लेख्य वृद्धि भए सगै होटल तथा पर्यटन ब्यसाहिक समेत उत्साहित भएका छन।
 आन्तरिक तथा बाहय पर्यटक गुरास राजधानी र गुफा तिर।।
पूर्बी नेपालको तराईबाट हिउँ खेल्न बर्षेनी आउने पर्यटकहरु नांङो पखा मात्रै हेरेर फिरेको सुनसरी इटहरी निवासी पिताम्वर दाहालले निवासी।बताएका छ्न।यश बर्ष पुन समयमै हिउँ परेको कारण परिवार सहित हिउँ खेलेर आनन्द लिन तेह्रथुम आउने बताएका छ्न।
हिमाल झै सेता डाडा हिउँ सग रमाउन चित्रेडाडा बसन्तपुर हुँदै गुरासको राजधानी तिनझुरे मिल्के जल्जले सगै गुफा ,मेन्छ्यायेमडाडा ,गुफाबजार,मिल्के पदमार्गै मार्ग हजारौं पर्यटक पुगेका छन।

पर्यटकीय गन्तब्य तिनजुरे,मिल्के र जलजले क्षेत्रका साथै लेकाली क्षेत्रमा हिमपात भएकाले जनजीवन प्रभावित बने पनी यहाँका आन्तरिक पर्यटकहरु हिउँ खेल्न आए सगै ब्यापार ब्यबसाय राम्रो हुने स्थानीय ब्यापारी तथा होटल संन्चालक बताउछ्न।हिउँ सगै रमाएका पर्यटकले त्यहा उत्पादन भएका छुर्पी चौरिको घिउ अल्लो बाट निर्मित सामाग्रीको राम्रै व्यापार हुने बताएका छ्न।

रकार प्रती नागरिकको गुनासो फेरिएन सडकको मुहार,
स्थानीयको जनजीवन कष्टकर
जिल्लाका दुई नगरपालिका सगै चार गाउपालिका सडक सन्जाल सग जोडिएको छन।हिउदमा धुलाम्मे र बर्सादमा हिलाम्मे हुने सडकमा केन्द्र सरकार देखि स्थानीय सरकार सम्मले करोडौं लगानी गरेता पनि सडक मुहार उस्तै रहेका छ्न।

नागरिक भन्छ्न सडक छ तर नामको मात्रै।ग्रामीण भेगको नागरिक कोहि बिरामी पर्यो भने एम्बुलेन्स राम्रो गरि चल्न सक्के अवस्था छैन।बर्सेनि बजेट मात्रै लगानी गरिदै आएको छ।बजेट बालुवामा खन्याएको पानी जस्तै छ सडकको मुहार उस्तै छन्।सरकारले कम्तीमा सडक मात्रै राम्रो बनाइदिए पुग्छ।सरकार प्रती नागरिकको गुनासो रहेको छ।

पहाडी जिल्लाहरु संखुवासभा, तेह्रथुम धनकुटा र ताप्लेजुङ जिल्लाको लेकाली क्षेत्रमा हिउँ पर्दा नागरिकको जिबन कष्टकर बन्दै गएको छ । हिउँका कारण यहाँका स्थानीयहरुलाई घाँस दाउरा मेलापात तथा घरयासी काम गर्न समेत समस्या भएको छ । पशुचौपयाहरु चरनमा लैजान र घरमा ल्याउन समेत समस्या बनेको छ ।यश बर्ष पानी सगै हिउँ परेको कारण यहाँका स्थानीय तथा बाह्रीय नागरिक हिउँ सँगै खेल्न हौसिएका छन

पुन हिउँ सगै बर्साद भए पछि सदरमुकाम जोडने कच्ची सडकहरु अबरुद्ध भए सगै जनजीवन प्रभावित भएको छ।जिल्ला संग सडक संन्जाल जोडिएका गाउँ पालिकाका नागरिकलाई सास्ती भएको छ।

हिउदमा धुल्लामे र बर्खामा हिलाम्मे हुने सडकमा सामन्य बर्साद हुदा सवारी साधन संन्चान नहुदा बिरामी,प्रसुती गराउन जिल्ला बाहिर लैजान समेत गाह्रो भएको छ।भने आर्थिक रूपमा मजबुत हुने नागरिकले हेलिकप्टर च्याटर गरेर सुबिधा सम्पन्न हस्पिटल लैजाने गरेका छ्न।
र्सादले किसानको मुहारमा खुसी
हिमपात सगै परेको पानीले पुर्बी पहाडी जिल्लाका किसानको मुहारमा खुसी पलाएको छ।बर्साद्को समयमा पनि प्रयाप्त वर्षा नपरेको कारण खेत बारिमै खाध्यन्न बाली सुके पछि किसानहरु निरास बनेका थिए।

यश बर्ष किसानले हिउँदे बालि लगाएको सिजनमै बर्साद हुदा हिउदे बाली गहुँ तोरि सगै तरकारी जन्य बाली उत्पादनमा वृद्धि हुने पुर्बी पहाडी जिल्लाका नागरिकले बताएका छ्न।पहाडी जिल्लाका उच्च भागमा सिँचाईका लागी प्रयाप्त श्रोत नभएका किसानहरुले लगाएको बालीमा राहात बनेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्