महायज्ञको उद्घाटन सभामुखले गर्ने



दाङ  । संघिय संसदका सभामुख कृष्णबहादुर महरा फाल्गुन ११ दाङ आउने भएका छन् । दाङकै पर्यटकिय तथा धार्मिक स्थल धारापानीमा आयोजना हुन लागेको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्न सभामुख दाङ आउने भएका हुन् ।

महायज्ञ आयोज मुल समितिले दिएको जानकारी अनुसार फागुन ११ गते विहान १० वजे कर्मचारी मिलन केन्द्रवाट सुरुहुने शोभायात्रामा सभामुख पनि सहभागीहुने कार्यक्रम तय भएको छ । मिलन केन्द्रबाट सुरुहुने शोभायात्राले बजार परिकर्मागरी यातायातका साधनवाट बबईसम्म पुग्ने भएको छ । बबई नदीमा पुगेर विभिन्न झाँकी सहितको शोभायात्रा पैदल महायज्ञ स्थल धारापानी सम्म पुग्ने कार्यक्रम तय भएको शोभायात्रा उप समितिका संयोजक धु्रबकुमार श्रेष्ठले जानकारी दिए ।

शोभायात्रामा सहभागीहुन महायज्ञ मुल आयोजक समितिले पत्राचार गरीसकेको छ । यदी पत्र नपुगेको भए समाचारलाई नै आधारमानी सहभागीहुन श्रेष्ठले आग्रह गरेका छन् । त्यसैगरी धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विश्वमा नै चिनाउने महान उद्देश्यमा सरीकहुन पनि महायज्ञ मुल आयोजक समितिले सवैमा आग्रह समेत गरेको छ ।

महायज्ञ आयोजक मुल समितिको शुक्रवार वसेको वैठकले विभिन्न उपसमितिहरुसंग सुझावहरु समेत संकलन गरेको छ । अहिले महायज्ञलाग्ने मन्दीर परीसरमा मण्डपहरु निर्माण भैरहेको महायज्ञ मुल आयोजक समितिका महासचिव विष्णुराम आचार्यले जानकारी दिए । त्यस्तै मन्दिर परीसरमा सरसफाईको कामहरु समेत भैरहेको उनले बताए । महासचिव आचार्यका अनुसार मन्दीरमा आउने भक्तजन तथा टाढावाट आउने पर्यटकहरुलाई खानाको समेत प्रवन्ध मिलाईएको छ ।

त्यस्तै महायज्ञ अवधिभर मन्दीर परीसरमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीवाट सुरक्षाको प्रवन्ध मिलाईएको सुरक्षा उपसमितिका संयोजक संजय आचार्यले जानकारी दिए । त्यसैगरी महायज्ञ अवधिभर घोराहीदेखी धारापानी मन्दीरसम्म सञ्चालनमा आउने सवारीसाधनहरुलाई सहज बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले समेत सहयोग गर्ने भएको आचार्यले जानकारी दिए । अहिले महायज्ञको प्रचारप्रसार गर्ने कामलाई तिव्र पारीएको उपसमितिका संयोजक धनपति शर्माले जानकारी दिए ।

जिल्लाका सवै पालीकाका बजार तथा गाँउगाँउमा प्रचारप्रसार कार्य जारी रहेको शर्माले बताए । धारापानी मन्दीलाई विश्वमा परीचित गराई नेपालकै प्रमुख धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकाश गर्न अहिले मन्दिर व्यवस्थापन समिति लागिपरेको छ ।

महायज्ञमा ५ लाख भक्तजन तथा पर्यटकलाई अवलोकन गराउने आयोजक समितिको लक्ष्य रहेको छ । तथापि महायज्ञवाट संकलनहुने दानवाट गौशाला तथा बेद विद्यालय निर्माण गर्ने योजना मन्दिर व्यवस्थापन समितिले लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्