कर्णाली सरकारले ग-यो निर्देशिका र विधेयक सम्बन्धी ८ निर्णय



काठमाडौं । सरकार गठन भएको दोस्रो वर्षमा प्रवेश गरेपछि शनिबार पहिलो पटक कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक बसेको छ ।

शनिबार बसेको ४१ औं बैठक हो । बैठकले बिभिन्नन ८ वटा निर्णय गरको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयल जानकारी दिएको छ ।

बैठकले बिभिन्न निर्देशिका र कानून निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश सावर्जनिक सम्पत्ति व्यवस्थापन निर्देशिका, कर्णाली प्रदेश बहुवर्षीय आयोजना सञ्चालन सम्वन्धी निर्देशिका, कर्णाली प्रदेश अनुगमन तथा मूल्याँकन निर्देशिका, कर्णाली प्रदेश वजेट तर्जुमा तथा कार्यान्वयन सम्वन्धी निर्देशिकाको लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै, कर्णाली प्रदेश सार्वजनिक निजी साझेदारी सम्वन्धी विधेयक, कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन २०७५ संशोधन, कर्णाली प्रदेश जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७५ स्वीकृत गर्ने, र प्रशासन तथा विधेयक समितिवाट परिमार्जनसहित प्राप्त कर्णाली प्रदेश स्वयंसेवक परिचालन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक संसदमा पेश गर्न सामाजिक विकास मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णयमेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्