भद्रकालीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते



५ फागुन, काठमाडौं । भद्रकाली नजिकै बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते भएका छन् ।

बा३ख २४१६ नम्बरको बसले मोटसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार मनमैजुकी अस्मिता पौडेल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते पौडेलको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक -डीएसपी) काजीकुमार आचार्यले जानकारी दिए ।

मोटर साइकल चालक भने सामान्य घाइते भएका छन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

सिंहदरबारतर्फ आउँदै गरेको मोटरसाइकललाई भद्रकाली नजिकैको आकाशे पुलमुनि बसले ठक्कर दिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्