प्रजातन्त्रलाई जनमुखी गराउनु आवश्यक : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना



काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् ।

शुभकामना संदेश जारी गर्दै उनले देश र विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले प्रजातन्त्रको लाभ आम नागरिकले प्राप्त गर्नसक्ने वातावरण सिर्जना गर्दै प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एवम् समावेशी गराउन सबैले आफ्नो ठाउँबाट योगदान गर्न आह्वानसमेत गरे ।

उनले संविधानको मर्मअनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सरकारले लिएको दीर्घकालीन लक्ष्य समृद्ध नेपाल, सुखी नेपालीलाई साकार पार्न समावेशी लोकतन्त्रमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

‘प्रजातन्त्रका मुलभूत मान्यताहरु कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार जस्ता विशेषताहरुको संवद्र्धन, प्रवद्र्धन एवम् विकास गर्दै समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्नु जरुरी देखिन्छ,’ शुभकामना संदेशमा भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्