भारतीय सिने उद्योगमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध,आतिफ र रहातका गीत यूटयूब बाट हटाइयो !



जम्मु-काश्मिरको पुलवामामा आतंकवादी विस्फोटमा परि भारतिय सिमा सुरक्षा बलका ४० बढि सैन्य जवानले ज्यान गुमाएको घटनापछि भारतको सिनेकर्मीहरूको संगठन ‘अल इन्डिया सिने वर्कर्स एसोसिएशन’ले पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ।
भारतमा बसेर भारतिय सिनेमा उधॊगमा काम गर्दै आएका पाकिस्तानी कलाकार हरु मारमा पर्ने भएका छन्।
वर्तमान अवस्थालाई मध्यनजर गर्दै कुनै पनि पाकिस्तानी कलाकारसँग काम नगर्ने र यसलाई कडाइकासाथ लागु गर्ने निर्णय गरेको जनाएको छ।
यस प्रतिबन्धको असर सिने उद्योगमा देखिन थालिसकेको छ। भारतको ठूलो म्यूजिक कम्पनीमध्येको एक ‘टिसिरिज’ले आफ्नो यूटयूब च्यानलबाट पाकिस्तान गायकहरू आतिफ आश्लम र रहात फतेह अलि खानका गीतलाई हटाएको छ।

यसैगरी अजय देवगनले आफ्नो आगामी कमेडी सिनेमा ‘टोटल धमाल’ पाकिस्तानमा रिलिज नग्र्ने बताइसकेका छन् भने कपिल शर्माको नयाँ कमेडी शोबाट पाकिस्तानलाई समर्थन हुने किसिमको वक्तव्य दिएको भन्दै नवजोद्ध सिंह सिद्धुलाई हटाइएको छ। उनको सट्टामा अर्चना पुरण सिंहलाई ल्याइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्