नेपाली उत्पादन बोटमैं सड्छ, विदेशबाट अर्बौको फलफूल भित्रिदै !



फागुन ८ काठमाडौं । नेपालमा उत्पादन भएको कृषिजन्य बस्तु हरु बोटमा नैं कुहीएर जाने गरेको छ । निश्चित मूल्य नपाउदा र सम्बन्धित ठाउ सम्म पुर्याउन नसक्दा,बाहिरी देशबाट फलफूल आयात बढेको छ । कृषिजन्य वस्तको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालू आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा दुई अर्ब ९० करोडल ६ लाख रुपैयाँ फलफूल आयात भएकोमा यो वर्ष सोही अवधिमा चार अर्ब ६७ करोड ४० लाख रुपैयाँको आयात छ । सबैभन्द धेरै स्याउ, केरा, सु्न्तला, आँपलगायत फलफूल विदेशबाट आयात हुन्छ ।

फलफूल उत्पादन बढाउन नसक्दा आयात बढेको हो ।मुलुकमा एक लाख २६ हजार नौ सय ३४ हेक्टरमा फलफूल खेती हुँदै आएको कृषि मन्त्रालयले जनाएको छ । यहाँ वार्षिक १० लाख ४० हजार मेट्रिक टन फलफूल उत्पादन हुन्छ ।

यहाँको मागले नधानेपछि गत वर्ष चार लाख १४ हजार टन आयात भएको थियो । राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख रमिता मानन्धरले नेपालमा फलफूल खानेको संख्या बढेकोले आयात बढेको बताउँछिन् । बजारको माग अनुसार उत्पादन हुन नसकेको उनले बताइन् । आजको नागरिक दैनिकमा खबर छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्