यौन दुर्व्यवहारको आरोपमा सहायक डीन पक्राउ !



८ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहमाथि एक छात्राले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् ।

शिक्षा संकायको सम्बन्धन शाखामा काम गर्ने सहायक डीन साहले नेपाल बैंकको कीर्तिपुर शाखा नजिकैको भित्री बाटोमा यौन दुर्व्यवहार गरेको भन्दै ती छात्राले कारबाहीका लागि विश्वविद्यालयमा निवेदन दिएकी छन् ।
सहायक डीन साहले जबर्जस्ती करणी गर्ने उद्देश्यले आफ्नो संवेदनशील अंगमा छोई हातपात गरेको भन्दै छात्राले कारबाहीको माग गर्दै शिक्षा शास्त्र संकाय, उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, रेक्टरको कार्यालय र महानगरीय प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएकी छन् ।

छात्रामाथि दुर्व्यवहार गर्ने साहलाई बुधबार विद्यार्थीहरुले दुर्व्यवहार गरेका छन् । उनलाई विद्यार्थीहरुको एक समूहले कालोमोसो दलेका हुन् । साहलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्