बाढी पिडितका लागि बृहत साँस्कृतिक कार्यक्रम



सैघाली खबर
दाङ,२ भदौ । दाङका बाढीपडीतहरुको सहयोगको लागी अरनीको मैदान तुल्सीपुरमा आजदेखी बृहत सांकृतीक कार्यक्रम शुरु भएको छ । डिएल डान्स एकाडेमीका संचालक द्रोण केसीको अध्यक्षता तथा तुल्सीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खडकाको बिशिष्ट आतिथ्यमा जारी कार्यक्रममा चचित राष्ट्रीय तथा स्थानीय कलाकारहरु आ आफनो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गाएकहरु तिलक वली,दुर्गेस थापा,पुस्कल शर्मा,भुमीका गीरी,कलाकारहरु ध्रुब कमेडी,लोसीना लामिछाने,संगीत थापा,मनिसा रोका,नबराज जिएम लगाएतका दर्जनौ कलाकारहरुको प्रस्तुती रहेने छ । कार्यक्रममा बृद्ध तथा अपाङहरुलाइ निशुल्क प्रबेसको बेबस्था मिलाइएको छ । कार्यक्रमबाट उठेको रकमबाट दाङका बाढी र डुवानबाट प्रभाबितहरुका लागि राहत वितरण गरीने जनाइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्