रुकुमको आठविसकोटमा अज्ञात रोगका कारण २ सय बिरामी



दाङ, २ भदौ ।रुकुमको आठविसकोट नगरपालिका–३ स्थित खदी गाँउमा अज्ञात रोगका कारण २ सय भन्दा बढी बिरामी परेका छन् । टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षणका कारण गाउँका अधिकांश मानिस बिरामी परेका छन् । आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण बिरामीहरु दैनिक रुपमा बढ्दै गएको बताउनुभयो ।

साविकको स्यालाखदी गाविसमा पर्ने सो ठाउँमा स्वास्थ्य चौकी पनि नभएको उहाँले बताउनुभयो । हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगर स्तरीय स्वास्थ्य संस्थाबाट २ जना स्वास्थ्यकर्मीसहित औषधि त्यहाँ पठाइएको छ । स्वास्थ्यकर्मीहरु आज बेलुकासम्म त्यहाँ पुग्ने बताइएको छ ।जिल्ला अस्पतालका महामारी नियन्त्रण कार्यक्रमका प्रवक्ता नन्दलाल महत्तोले एक्कासी धेरैजनामा ज्वरो आएकोले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाइएको बताउनुभयो । २०६८ सालमा पनि सोही गाँउमा झाडापाखालाको महामारी फैलिएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्